युनाइटेड मोदी हाइड्रोपावरले शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्न बोलायो साधारणसभा

Advertisement

काठमाडौं । युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडको वार्षिक साधारणसभा चैत २९ गते बस्दैछ । 

सभा, कालिमाटी ब्यांकेट, कालिमाटीमा बिहान ११ बजे सुरु हुनेछ । 

Advertisement

सभामा गत आर्थिक वर्ष २०७९/०८० को नाफा नोक्सानसम्बन्धी हिसाबबारे छलफल हुनुका साथै चालू आवका लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा रहेको कम्पनीले जनाएको छ । 

साथै, सभामा चुक्ता पुँजीमा १०० प्रतिशत हकप्रद शेयर जारी गर्ने प्रस्ताव पनि पेस हुनेछ । 

साधारण सभा प्रयोजनका लागि यस कम्पनीले चैत ७ गते बुक क्लोज गर्ने भएको छ । तसर्थ, चैत ६ गतेसम्म कायम शेयरधनीले सभामा भाग लिन पाउनेछन् ।

हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब २३ करोड ५ लाख रुपियाँ रहेको छ । १०० प्रतिशत हकप्रद शेयर जारी गरेपछि यसको पुँजी २ अर्ब ४६ करोड १० लाख रुपियाँ पुग्नेछ ।

Advertisement

Advertisement