लाभांश पारित गर्न डिप्रोक्स लघुवित्तको साधारणसभा आह्वान, बुक क्लोज कहिले ?

Advertisement

काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने घोषणा गरेको लाभांश प्रस्ताव पारित गर्न साधारणसभा बोलाएको छ।

साधारणसभा चैत २५ गते, आइतबार, पार्क सफारी रिसोर्ट, सौराहा, चितवनमा बस्दैछ । सभा बिहान १० बजे सुरु हुनेछ।

Advertisement

सभाले हाल कायम चुक्ता पुँजीको १० प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । 
त्यसैगरी, सभाले मर्जर तथा एक्विजिसनसम्बन्धी कार्य गर्न र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्ताव पनि पारित गर्नेछ ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ लघुवित्तले चैत १५ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। अतः चैत १४ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनी लघुवित्तको साधारणसभामा सहभागिता हुन तथा वितरण गरिने लाभांश प्राप्त गर्न सक्नेछन् ।

Advertisement

Advertisement