फेब्रुअरीमा इटालीको मुद्रास्फीति स्थिर

Advertisement

एजेन्सी । इटालीको मुद्रास्फीति दर फेब्रुअरीमा स्थिर रहेको छ । जनवरीमा ०.८ प्रतिशत रहेको मुद्रास्फीति दर फेब्रुअरीमा पनि सोही छ । 

नेसनल स्ट्याटिस्टिक्स इन्स्टिच्युटद्वारा जारी तथ्यांकले इटालीको उपभोक्ता मूल्य सूचकांक फेब्रुअरीमा महिना–दर–महिना सर्तमा ०.१ प्रतिशतले बढेको देखाएको छ । 

Advertisement

डिसेम्बर २०२३ को तुलनामा जनवरीमा सूचकांक ०.३ प्रतिशतले बढेको हो । 

इन्स्टिच्युटले कम मुद्रास्फीति दरलाई प्रशोधित र अप्रशोधित खाद्यान्न, यातायात सेवा र मनोरञ्जन गतिविधिहरूको मूल्य वृद्धिमा भएको कमीलाई श्रेय दिएको छ । 

त्यस्तै, विनियमित र अनियमित ऊर्जा उत्पादनहरूको मूल्य एक वर्षअघिको तुलनामा घटेको बताइएको छ ।

Advertisement