पोखरा फाइनान्सको २७औं वार्षिकोत्सवः २४ वटा शाखा सञ्जाल, १ अर्ब ८ करोड चुक्ता पूँजी

Advertisement

काठमाडौं । पोखराको न्यूरोडमा प्रधान कार्यालय रहेको पोखरा फाइनान्सले २७औं वार्षिकोत्सव मनाएको छ । २०५३ साल असोज २ गते फाइनान्स स्थापना भएको हो । 

यसबीच २७औं वार्षिकोत्सवको अवसरमा फाइनान्सले शुक्रबार प्रधान कार्यालय न्युरोड पोखराको प्राङ्गणमा रक्तदान कार्यक्रम गरेको छ । कार्यक्रममा ४७ जनाले रक्तदान गरेका छन् ।

Advertisement

संस्थाको हाल अधिकृत पूँजी १ अर्व ५० करोड छ । जारी तथा चुक्ता पूँजी १ अर्ब ८ करोड रुपैयाँ छ । हालसम्म देशका विभिन्न ठाउँहरुमा २४ वटा शाखा सञ्जाल, १ एक्स्टेन्सन काउन्टर र ४ वटा एटिएमबाट सेवा प्रदान गरिरहेको फाइनान्सका प्रमुख कार्यकारी अधिकृत रविचन्द्र गुरुङले जानकारी दिएका छन ।

संस्थाको २७औं वर्षसम्मको निरन्तर यात्रामा सदभाव, साथ र सहयोग प्रदान गर्ने सम्पूर्ण ग्राहक, शेयरधनी, शुभचिन्तक एवं कर्मचारी तथा नियामक निकायप्रति अध्यक्ष राजकुमार गुरूङले कृतज्ञता व्यक्त गरे ।  

Advertisement

Advertisement