लाभांश प्रस्तावसहित सपोर्ट लघुवित्तको एजीएम पुनः आह्वान, यस्ता छन् अन्य एजेन्डा

Advertisement

काठमाडौं । सपोर्ट लघुवित्तले पुनः वार्षिक साधारणसभा डाकेको छ । 

कम्पनीले यसअघि पुस २७ गते बोलाएको सभा गणपूरक संख्या नपुगेपछि स्थगित भएको थियो । 

Advertisement

सभा चैत्र १७ गते शनिबार दुर्गा पार्टी प्यालेस, इटहरी, सुनसरीमा बिहान ११ बजेदेखि सुरु हुनेछ । 

सभामा गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट चुक्ता पुँजीको १३ प्रतिशतले हुन आउने एक करोड २३ लाख ८० हजार ९४० रुपियाँको बोनस शेयर तथा ०.६८४२ प्रतिशतले हुने ६ लाख ५१ हजार ६२८ रुपियाँबराबरको नगद लाभांश (कर प्रयोजनार्थ) वितरणको प्रस्ताव पेस हुनेछ ।

त्यस्तै, सभाले गत आवको प्रतिवेदन, नाफा–नोक्सान, नगद प्रवाह तथा इक्विटीमा भएको परिवर्तनलगायतका वित्तीय विवरणमा छलफल गर्नेछ । चालू आवका लागि लखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने काम पनि सभाले गर्नेछ । साथै,  हाल कायम रहेको जारी शेयर पुँजी वृद्धि गरी १० करोड ७६ लाख १८ हजार ९४० रुपियाँ पुर्याउने प्रस्ताव पनि सभामा पेस हुने बताइएको छ । 

सभाबाट संचालक समितिमा संस्थापक समूहबाट चार जना र सर्वसाधारण समूहबाट एक जना प्रतिनिधित्व गर्ने सञ्चालकको निर्वाचन हुनेछ ।

सभा प्रयोजनार्थ कम्पनीले पुस १६ गते बुक क्लोज गरिसकेको छ । तसर्थ, पुस १५ गतेसम्म कायम शेयरधनीले सभामा भाग लिन तथा लाभांश पाउनेछन् । 

Advertisement

Advertisement