१८ अर्ब ३० करोडको ट्रेजरी बिल नवीकरण गर्दै राष्ट्र बैंक, आजै बोलकबोल

Advertisement

काठमाडौं । नेपाल राष्ट्र बैंकले १८ अर्ब ३० करोड रुपियाँको ट्रेजरी बिल नवीकरण गर्ने भएको छ । बैंकले २८ दिन, १८२ दिन र १ वर्षका लागि ट्रेजरी बिल नवीकरण गर्न लागेको हो । 

केन्द्रीय बैंकले २८ दिनका लागि ५ अर्ब रुपियाँ १८२ दिनका लागि ४ अर्ब ३० करोड रुपियाँ र एक वर्षका लागि ९ अर्ब रुपियाँको ट्रेजरी बिल नवीकरण गर्न लागेको हो । 

Advertisement

चैत ६ (मंगलबार) जारी हुने यस ट्रेजरी बिलका लागि आज सोमबार दिउँसो ३ बजे बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ । 

सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिक समेत ट्रेजरी बिलको बोलकबोलमा सहभागी हुन सक्नेछन् ।

ट्रेजरी बिल एक वा एक वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो । सरकारलाई आवश्यक पर्ने अल्पकालीन अवधिको (बढीमा एक वर्ष) स्रोत जुटाउन यो बिल बिक्री गरिन्छ । 

बोलकबोलमा सबैभन्दा बढी मूल्य तोक्ने संस्थालाई पहिलो प्राथमिकतामा राखी क्रमैसँग आह्वान रकमसम्म ट्रेजरी बिलको बाँडफाँट हुने गर्दछ ।

Advertisement

Advertisement