दुर्गा प्रसाइँका सुरक्षा गार्ड सर्वोच्च अदालत परिसरबाट पक्राउ

Advertisement

काठमाडौं । व्यवसायी दु्र्गा प्रसाइँका सुरक्षा गार्ड सर्वोच्च अदालत परिसरबाट पक्राउ परेका छन् । आज प्रसाइँको मेडिकल कलेजसम्वन्धी मुद्दाको पेशी थियो । 

सोही क्रममा प्रसाइँसँग सर्वोच्च पुगेका झापाको बुद्धशान्ति गाउँपालिका ३ का दीपक खड्कालाई हतियारसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रसाइँले भने आफूले अनुमति लिएर आफ्नो सुरक्षााको लागि हतियार लिएको बताउने गरेका छन् ।  

Advertisement

नेपाल प्रहरीका प्रवक्ता डीआईजी भीम ढकालका अनुसार खड्काबाट एउटा बन्दुक र गोलीहरु बरामद भएको छ । 

Advertisement

Advertisement