छिमेक लघुवित्तको १९ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

Advertisement

काठमाडौं । छिमेक लघुवित्तले संस्थापक शेयर बिक्रीमा ल्याएको छ ।

कम्पनीले संस्थापक शेयरधनी महेन्द्र गौतमको नाममा रहेको १७ हजार ५०० कित्ता शेयर बिक्रीमा ल्याएको छ । यसको मूल्य प्रतिकित्ता ६०० रुपियाँ तोकिएको छ । यो शेयर हाल कायम संस्थापक शेयरधनीले मात्रै खरिद गर्न पाउनेछन् ।

Advertisement

शेयर खरिद गर्न इच्छुक व्यक्तिले ३५ दिनभित्र आवेदन दिनुपर्नेछ । तोकिएको समयभित्र संस्थापकबाट आवेदन नपरेको खण्डमा शेयर अन्य व्यक्ति वा संस्थालाई बिक्री गर्ने प्रकिया अघि बढाइने कम्पनीले जनाएको छ ।

त्यस्तै, कम्पनीले अर्का शेयरधनीको नाममा रहेको एक हजार ६२८ कित्ता संस्थापक शेयरसमेत बिक्रीमा ल्याएको छ । यसको मूल्य प्रति कित्ता ५०० रुपियाँ तोकिएको छ । यस शेयरमा संस्थापकबाहेक अन्य व्यक्ति वा संस्थाले खरिदका लागि १५ दिनभित्र आवदेन दिन पाउनेछन् ।

शेयर खरिदका लागि आवश्यक कागजात संकलन गरी कम्पनीको केन्द्रीय कार्यालय मध्यबानेश्वर, काठमाडौंमा आवेदन दिनुपर्ने बताइएको छ ।

Advertisement

Advertisement