नियुक्तिपत्र बुझ्न आउन विद्युत् प्राधिकरणको आग्रह

Advertisement

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले सिफारिस एवं नियुक्तिपत्र बुझ्न आउन आग्रह गरेको छ । 

प्राधिकरणले खुला प्रतियोगगिताद्वारा स्थायी पदपूर्तिका लागि सहायक स्तरका पदको नतिजा प्रकाशन गरेको थियो । 

Advertisement

सोहीबमोजिम सिफारिस भएका उम्मेदवारले विद्युत् प्राधिकरणको केन्दीय कर्मचारी प्रशासन शाखा दरबारमार्गमा कागजपत्रसहित नियुक्तिपत्र बुझ्न आउन भनिएको हो । 

नियुक्तिपत्र अर्को हप्ता अर्थात् चैत १३ गते मंगलबार दिउँसो २ बजेदेखि ३ बजेसम्म लिइने प्राधिकरणले जनाएको छ ।

undefined
 

Advertisement

Advertisement