हाजिरी जमानीमा महरालाई छोड्न अनुमति

Advertisement

काठमाडौं । सुन तस्करी प्रकरणमा मुछिएर पक्राउ परेका माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्वसभामुख कृष्णबहादुर महरा हाजिरी जमानतमा रिहा भएका छन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) लाई हाजिरी जमानतमा छाड्न जिल्ला सरकारी वकिलको कार्यालयले अनुमति दिएको थियो । यसअघि सीआईबीले पटक पटक महराको पलायन लिएको थियो । 

Advertisement

उनको बयान सकिएपछि हाजिरी जमानी छाडेर थप अनुसन्धान प्रक्रिया अघि बढाउन सीआईबीले सरकारी वकिलसँग अनुमति मागेको थियो । महरा यही गत चैत ५ गते पक्राउ परेका थिए । उनलाई सात दिन थुनामा राख्न माग गरिए पनि अदालतले चार दिन मात्रै दिएको थियो । 

टीबी, युरिक एसिड, प्रोस्टेटको समस्या रहेका महरा पक्राउपछि अस्पताल भर्ना भएका थिए । स्वास्थ्य अवस्थालाई ख्याल गर्दै बयान भइसकेकाले बाहिरै राखेर पनि थप अनुसन्धान गर्न मिल्ने सन्दर्भमा उनलाई छाडिएको प्रहरीले जनाएको छ ।

Advertisement

Advertisement