बिनाअनुमति जथाभावी टाँसिएका विज्ञापनको कर बुझाउन मध्यपुर थिमि नगरपालिकाको ताकेता

Advertisement

काठमाडौं । मध्यपुर थिमि नगरपालिकाले व्यक्ति, संघसंस्था, कम्पनीलाई विज्ञापनबापतको कर बुझाउन ताकेता गरेको छ । 

नगरपालिकाले आफ्नो क्षेत्रभित्रका विभिन्न स्थानमा नगरपालिकाको अनुमति नलिई जथाभावी विज्ञान राखिएकाले त्यस्ता विज्ञापनको कर एक महिनाभित्र बुझाउन ताकेता गरेको हो । 

Advertisement

‘अनुमति नलिई तथा कानुनबमोजिम बुझाउनुपर्ने विज्ञापन करसमेत नबुझाई जथाभावी विभिन्न व्यक्ति, संघसंस्था, कम्पनीका विज्ञापन तथा प्रचारप्रसार सामग्री राखिएको पाइएको छ,’ सूचना जारी गर्दे नगरपालिकाले भनेको छ, ‘यस्ता विज्ञापन सामग्री राख्ने व्यक्ति, संघसंस्था तथा कम्पनीले आर्थिन ऐन २०८० अनुसार ३० दिन भित्र बुझाउनुपर्नेछ ।’

सो समयसीमाभित्र अनुमति नलिई तथा कर नतिरी राखिएका विज्ञापन सामग्री जफत गर्नेसमेत नगरपालिकाले जनाएको छ ।

undefined


 

Advertisement

Advertisement