खुम्बु पासाङल्हामुले पर्यटकबाट उठायो आठ महिनामा ६ करोड राजस्व

Advertisement

सोलुखुम्बु । सोलुखुम्बुको खुम्बु पासाङल्हामू गाउँपालिकाले चालू आर्थिक वर्षको आठ महिनामा पर्यटकबाट ६ करोड ३४ हजार ५ सय राजस्व संकलन गरेको छ ।

पालिकाले खुम्बुक्षेत्र घुम्न आएका विदेशी पर्यटक प्रवेश शुल्कबाट उक्त राजस्व संकलन गरेको हो । आठ महिना अवधिमा ३१ हजार ७ सय २५ जना विदेशी नागरिकले खुम्बु क्षेत्रको भ्रमण गरेका छन् ।

Advertisement

सबैभन्दा बढी कात्तिक महिनामा ११ हजार ६ सय तीन जना विदेशी पर्यटकले खुम्बु भ्रमण गरेका छन् । त्यसैगरि साउनमा ३ सय २३ जना, भदौमा १ हजार ७ सय ९ जना, असोजमा १ हजार ८ सय २ जना विदेशी पर्यटक खुम्बु पुगेको गाउँपालिकाको तथ्यांकमा उल्लेख छ ।

त्यस्तै मङ्सिरमा २ हजार ८ सय जना, पुसमा १ हजार ३ सय २ जना, माघमा ६ सय २ जना र फागुनमा २ हजार ५ सय ८४ जना विदेशी पर्यटकले उक्त क्षेत्र भ्रमण गरेको गाउँपालिकाका लेखा अधिकुत चेतनाथ कटेलले जानकारी दिए ।

पालिकाले स्थानीय शुल्क स्वरुप एकजना विदेशी पर्यटकबाट २ हजार रुपैयाँ प्रवेश शुल्क लिने गरेको छ । पदयात्री सूचना व्यवस्थापन प्रणाली ९टिम्स० कार्ड निषेध गर्दै गाउँपालिकाले विसं २०७४ देखि शुल्क लिन सुरु गरेको थियो । त्यसअघि नेपाल पर्यटन बोर्ड र ट्रेकिङ एजेन्सी एशोसिएशन अफ नेपाल ९टान० ले टिम्स कार्डवापत पर्यटक बापत् २ हजार शुल्क लिने गरेको थियो ।

गाउँपालिकाले लिएको शुल्कले पर्यटन पूर्वाधार निर्माणलगायत काम गर्ने गरेको गाउँपालिका अध्यक्ष मिङ्मा छिरी शेर्पाले बताए । विश्वको सर्वोच्च शिखर सगरमाथासहित थामसेर्कु, कोङ्दे, आमादब्लमलगायतका हिमशृङ्खला खुम्बु पासाङल्हामू गाउँपालिकाभित्र पर्छ ।

Advertisement