शेयर बजार ओरालो यात्रामा, कारोबार रकम पनि बढ्न सकेन

Advertisement

काठमाडौं । शेयर बजार निरन्तर घटिरहेको छ । कारोबार रकम पनि बढ्न सकेको छैन । 

यसैक्रममा आज बजार ३.४३ अंकले घटेको हो । ०.१७ प्रतिशतले बजार घट्दा नेप्से २००६.७८ अंकमा झरेको छ । 

Advertisement

आज जीवन बीमा ०.५०, लघुवित्त १.६५ र म्युचुअल फण्ड समूह ०.३८ प्रतिशतले बढे भने बाँकी राताम्मे भए । 

त्यस्तै आज ३२२ कम्पनीका ६४ लाख ८१ हजार ८ सय ३४ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ५३ करोड ६२ लाख ३३ हजार ९ सय ८६.६७ रुपियाँ बराबरको कारोबार भयो । 

समग्रमा बजार घटे पनि सबैभन्दा बढी गुराँस लाइफका लगानीकर्ताहरुले १० प्रतिशतले नाफा कमाए । 

त्यस्तै रिभर फल्स पावरका लगानीकर्ताहरुले सबैभन्दा बढी ४.४० प्रतिशतले घाटा व्यहोरे ।

आज सूर्यज्योति लाइफ इन्स्योरेन्सको उच्च कारोबार भयो । उक्त कम्पनीको २५ करोड ८० लख ५९ हजार १ सय १६ रुपियाँ बराबरको शेयर किनबेच भएको हो । उक्त कम्पनीले आजै ३५ प्रतिशत लाभांश घोषणा गरेको थियो । 

साताको पहिलो दिन आइतबार बजार १७.३० अंकले घट्दा ३ अर्ब २० करोड ५३ लाख ३२ हजार ३ सय २४।७६ रुपियाँ, सोमबार ६.२६ अंकले बजार घट्दा २ अर्ब ८७ करोड ४७ लाख ५४ हजार ३ सय ५.७५ रुपियाँ र हिजो मंगलबार १.८५ अंकले बजार घट्दा २ अर्ब २९ करोड १६ लाख ४५ हजार ५ सय ८५.४९ रुपियाँ बराबरको कारोबार भएको थियो । 
 

Advertisement

Advertisement