एनएमबि बैंकको संस्थापक शेयरमा आजसम्म मात्रै आवेदन दिन सकिने

Advertisement

काठमाडौं । एनएमबि बैंकले बिक्रीमा ल्याएको संस्थापक समूहको शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।

बैंकले विभिन्न संस्थापक शेयरधनीको स्वामित्वमा रहेको ५२ हजार १७२ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । 

Advertisement

शेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक शेयरधनी तथा अन्य व्यक्ति तथा कम्पनीहरुले आवेदन दिन सक्नेछन् । 

बोलकबोल प्रक्रियामार्फत बिक्रीमा राखिएको शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १२० रुपियाँ तोकिएको छ । 

सो शेयर खरिद गर्न इच्छुक व्यक्ति वा कम्पनीले आजसम्म बिक्री प्रबन्धक एनएमबि क्यापिटलको कार्यालयमा आवेदन दिनुपर्नेछ ।

Advertisement

Advertisement