कम्युनिष्टहरुले नेपालको संस्कृति, सभ्यता र पहिचान मेटेः महतो

Advertisement

काठमाडौं । पूर्वमन्त्री राजेन्द्र महतोले कम्युनिष्टहरुले नेपालको संस्कृति, सभ्यता र पहिचान मेटेको आरोप लगाएका छन् । सोमवार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा उनले कम्युनिष्टहरुले नेपालको सभ्यता, संस्कृति, पहिचान र अस्तित्व मेट्ने काम गरेको बताएका हुन् । 

नेपालको अस्तित्व मेटाउने कम्युनिष्टहरु आफैँ मेटिने महतोले दाबी गरे । उनले नेपालीहरुको सभ्यता, संस्कृति र धर्ममाथि बारम्बार प्रहार भइरहेको बताउँदै क्यापिटालिजम कम्युनिज्म दुनियाँमा असफल भइरहेको बताए । अब नेपाली जनतालाई खोक्रो राष्ट्रवादको नाममा ठग्ने दिन गएको महतोले बताए । 

Advertisement

उनले भने, ‘कम्युनिष्टहरुले नेपालको सबै सभ्यता, संस्कृति मेटाइदिने, पहिचान मेटाउने काम गरे । धर्म मेटाइदिने काम गरे । सबै मेटाउँदा मेटाउँदै नेपालको अस्तित्व मेटाइदिने । सबै मेटाउनुको अर्थ नेपालको अस्तित्व मेटाउनु हो । नेपालको अस्तित्व मेटाउने कम्युनिष्टहरु आफैँ मेटिन्छन् । हाम्रा सभ्यता, संस्कृति र धर्ममाथि, हाम्रो पहिचानमाथि पटक पटक जुन आक्रमण प्रचण्डदेखि केपी ओलीसम्मले गरेका छन् । यिनीहरुको पतन हुन्छ । क्यापिटालिजम कम्युनिज्म दुनियाँमा असफल भइसक्यो । नेपाली जनतालाई अब ठग्ने दिन गए ।’

नेता महतोले अब नेपालमा आयातित विदेशी विचारबाट शासन नचल्ने बताउनु भयो । 

Advertisement

Advertisement