पहाडी भू–भागमा वर्षा र हिमपात, गण्डकीसहित चार प्रदेशमा हावाहुरीको सम्भावना
फाइल तस्बिर ।

Advertisement

काठमाडौं । अहिले सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिक बदली रहेको छ भने बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका अनुसार आज दिउँसो पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । केही पहाडी भू–भागमा भने मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

Advertisement

त्यस्तै, गण्डकी, लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशलगायतका केही स्थानमा हावा हुरीको सम्भावना रहेको छ भने उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको बताइएको छ ।

त्यसैगरी राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ विभागको भनाइ छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । 

विभागका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशमा हल्कादेखि मध्यम हल्का वर्षाको सम्भावना रहेको छ । साथै, कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एकाध स्थानमा हल्का हिमपातको सम्भावना रहेको पनि विभागको भनाइ छ ।

Advertisement

Advertisement