नेपाल पुनर्बीमा कम्पनीद्वारा ५ प्रतिशत लाभांश घोषणा

Advertisement

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । 

सञ्चालक समितिको सोमबार साँझ बसेको बैठकले आव २०७९/८० को नाफाबाट ४.७५ प्रतिशत बोनस शेयर र कर बापत ०.२५ प्रतिशत नगद लाभांश प्रस्ताव गर्ने निर्णय गरेको कम्पनी सचिव इश्वर प्रधानले जनाएका छन् । 

Advertisement

कम्पनीको हाल कायम चुक्ता पूँजी १२ अर्ब ८१ करोड ३५ लाख ४३ हजार ७ सय ५० रुपियाँ छ । 

सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश नेपाल सरकार अर्थमन्त्रालय र नेपाल बीमा प्राधिकरणले स्वीकृत गरी आगामी साधारण सभाले पारित गरे पछि शेयरधनीहरुले पाउने छन् । 

Advertisement

Advertisement