नेपाल एसबिआई बैंकले तीन अर्बको ऋणपत्र निष्कासन गर्ने, बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट

Advertisement

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले तीन अर्ब रुपियाँ बराबरको ऋणपत्र ‘नेपाल एसबिआई ऋणपत्र २०९०’  निष्कासन गर्ने भएको छ । बैंकले ऋणपत्र बिक्री प्रबन्धकको रूपमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरेको छ । 

उक्त सम्झौता पत्रमा नेपाल एसबिआई बैंक लिमिटेडको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत राजेशकुमार पंडा र नबिल इन्भेष्टमेन्ट बैंकिङका प्रमुख कार्यकारी अधिकृत मनिषनारायण जोशीले हस्ताक्षर गरेका छन् । 

Advertisement

नेपाल धितो पत्र बोर्ड, कम्पनी रजिष्टारको कार्यालय लगायतका सम्पूर्ण नियामक निकायको स्वीकृति पश्चात् ऋणपत्र निष्कासन गरिने बैंकले जनाएको छ । 

बैंकले ९७ शाखा, २२ एक्स्टेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय तथा १ कर्पोरेट अफिसका साथै १२१ एटिएमबाट आफ्नो सेवा प्रदान गर्दै आएको छ ।

Advertisement

Advertisement