नेप्से दुई हजार अंकबाट तल झर्यो, दुई अर्बमै समेटियो कारोबार

Advertisement

काठमाडौं । शेयर बजार निरन्तर घटिरहेको छ । कारोबार रकम पनि २ अर्बमा समेटिएको छ । 

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार १४.८१ अंकले घटेको हो । ०.७३ प्रतिशतले बजार घट्दा नेप्से १९९१.७१ अंकमा झरेको छ । 

Advertisement

आज पनि सबै समूहहरु राताम्मे भए । सबैभन्दा बढी हाइड्रोपावर समूह १.३१ प्रतिशतले घटेको हो । 

३१२ कम्पनीका ५४ लाख ७१ हजार ७८ कित्ता शेयर किनबेच हुँदा २ अर्ब १० करोड ३० लाख १९ हजार २ सय १८.५८ रुपियाँ बराबरको कारोबार भएको छ । 

समग्रमा बजार घटे पनि सिद्धार्थ बैंकको ऋणपत्र र गोर्खाज फाइनान्सका लगानीकर्ताहरुको क्रमशः ९.९९ र ९.९६ प्रतिशतले नाफा कमाइका छन् । 

त्यस्तै रु रु जलविद्युत परियोजना लिमिटेडका लगानीकर्ताहरुले सबैभन्दा बढी १० प्रतिशतले घाटा व्यहोरेका छन् । 

गोर्खाज फाइनान्सको उच्च कारोबार भएको छ । उक्त कम्पनीको १७ करोड ५९ लाख ७८ हजार १ सय ६३.२० रुपियाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

साताको पहिलो आइतबार २.३५ अंकले बजार घट्दा ३ अर्ब ६ करोड ३७ लाख ७२ हजार ६ सय ५२.६२ रुपियाँ र हिजो सोमबार १६.८२ अंकले बजार घट्दा २ अर्ब ७९ करोड ७५ लाख ७७ हजार ४ सय ३२.६८ रुपियाँ बराबरको कारोबार भएको थियो ।  

भोलि बुधबार रामनवमीको सार्वजनिक बिदाका कारण शेयर बजार बन्द रहने छ । 

Advertisement

Advertisement