सिद्धार्थनगरमा माछापुच्छ्रे बैंकको कार्यालय भवन उद्घाटन

Advertisement

काठमाडौं । माछापुच्छ्रे बैंकले रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नं. १२ स्थित नवनिर्मित बैंकको कार्यालय भवन शुभारम्भ गरेको छ । 

आज आयोजित एक कार्यक्रमका बीच उक्त कार्यालय भवनको सिद्धार्थनगर नगरपालिकाका मेयर ईश्तियाक अहमद खाँ तथा माछापुच्छ्रे बैंकका अध्यक्ष रोशन केसीले संयुक्त रुपमा उद्घाटन गरेका हुन् । 

Advertisement

कार्यक्रममा बैंकका अध्यक्ष केसीले हरेक क्षेत्र र वर्गमा बैंकिङ्ग सेवा पुर्याउने लक्ष्यका साथ सेवा प्रदान गरिरहेको र लुम्बनी प्रदेशमा आफ्नै कार्यालय भवनबाट सेवा प्रदान गर्न पाउँदा निक्कै नै हर्ष लागेको वताए ।

समारोहमा सिद्धार्थनगर नगरपालिकाका उपमेयर, रुपन्देही जिल्लाका प्रमुख जिल्ला अधिकारी, नेपाल राष्ट्र बैंक लुम्बिनी प्रदेशका निर्देशक तथा उपनिर्देशक, सुरक्षा संयन्त्रका प्रमुख लगायत बैंक संचालक समितिका पदाधिकारी तथा उच्च व्यवस्थापन तहका कर्मचारी एवम् बैंकका कर्मचारीहरुको उल्लेख्य उपस्थिति रहेको थियो । 

null

Advertisement

Advertisement