बतास एमएडब्लुले बार्षिकोत्सवमा गर्यो बृक्षारोपण

Advertisement

काठमाडौं । कर्मसियल भेहिकलमा अग्रणी रहेको आइसरको नेपालका लागि आधिकारिक बिक्रेता बतास एमएडब्लुले पहिलो वार्षिकोत्सवको अवसरमा आज वातावरणीय दिगोपन र कर्पोरेट सामाजिक उत्तरदायित्वको लागि निरन्तर प्रतिबद्धताको रूपमा नक्साल स्थित नारायण चौरमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । 

वृक्षारोपण कार्यक्रममा सम्पूर्ण कर्मचारीहरू, सरोकारवालाहरू र समुदायका सदस्यहरूको सहभागिता रहेको थियो ।कार्यक्रममा सहभागीहरूले रुख रोप्ने, बृक्षारोपणको महत्बारे जान्न र वातावरण संरक्षण सम्बन्धी अन्तरक्रियात्मक जनचेतनामुलक कार्यक्रममा संलग्न हुने अवसर कार्यकारी निर्देशक दिपक अग्रवालले प्रस्ट्याए । 
 
विगत ४० वर्षदेखि नेपालको व्यवसायिक सवारीको क्षेत्रमा आत्यधिक ग्राहकहरुले रुचाइएको ब्रान्ड आइशर बतासले आधिकारिक रूपमा बिक्री गर्दै आईरहेको छ । 

Advertisement

आइशर बिश्व भर ७० भन्दा बढी देशहरूमा फैलिएको छ । आइशरले भोल्भो र आइशरको संयुक्त परियोजनामा विविध मूल्य र प्रयोजनका लागि नयाँ प्रविधिका साथ विभिन्न उत्पादनहरू बजारमा उपलब्ध गराउदै आइरहेको छ । साथै हालसालै भएको बतास र एमएडब्लू बीचको एकताले व्यवसायिक सवारी साधनको बजारमा नयाँ आयाम थप्नुका साथै ११ शाखाहरु, ४ डिलर र १६ टच प्वाइन्टका साथ देशैभर व्यवसायिक सवारी साधनहरू उपलब्ध गराउँदै आएको छ ।

Advertisement