प्रभु महालक्ष्मीको खुद नाफा २७ करोड, प्रतिशेयर आम्दानी भने घट्यो

Advertisement

काठमाडौं । चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको खुद नाफा ३८.७५ प्रतिशतले बढेको छ ।

समीक्षा अवधिमा कम्पनीले २६ करोड ८९ लाख रुपियाँ खुद नाफा आर्जन गरेको छ । गत आवमा कम्पनीले १९ करोड ३८ लाख रुपियाँ खुद नाफा कमाएको थियो।

Advertisement

त्यसैगरी, कम्पनीको खुद आर्जित बीमाशुल्क १०२.८४ प्रतिशतले र कुल आम्दानी १०९.०५ प्रतिशतले बढेको छ । साथै, खुद दाबी भुक्तानी १४०.२६ प्रतिशत र कुल खर्च ११७.२१ प्रतिशतले बढेको छ ।

नाफा बढे पनि इन्स्योरेन्सको प्रतिशेयर आम्दानी (ईपीएस) भने घटेको छ । चालू आवको चैत मसान्तसम्म कम्पनीको प्रतिशेयर आम्दानी ४.५७ रुपियाँ घटेर ८.३५ रुपियाँमा सीमित भएको छ । त्यसैगरी, मूल्य आम्दानी अनुपात ६१.३१ गुणा र प्रतिशेयर नेटवर्थ १२३.३५ रुपियाँ रहेको छ ।

४ अर्ब २९ करोड ६० लाख रुपियाँ चुक्ता पूँजी रहेको कम्पनीको शेयर प्रिमियममा १ करोड ९३ लाख रुपियाँ, महाविपत्ती कोषमा ८ करोड ७६ लाख रुपियाँ, र अन्य इक्विटीमा १२ करोड ३२ लाख रुपियाँ रहेको वित्तीय विवरणमा उल्लेख छ ।

Advertisement

Advertisement