मंगलबार १ बजे बजेट भाषण हुँदै, प्रमुख प्रतिपक्षी काँग्रेसले के गर्ला ?

Advertisement

काठमाडौं । आगामी आर्थिक बर्ष २०८१–८२ को बजेट मंगलबार १ बजे संघीय संसद्को संयुक्त सदनमा पेश गर्ने तय भएको छ । 

आइतबारको संसद् बैठकमा सभामुख देवराज घिमिरले मंगलबार १ बजे संघीय संसद्को दुवै सदनमा अर्थमन्त्री बर्षमान पुनले आगामी आवको राजश्व तथा व्यय अनुमान (बजेट) प्रस्तुत गर्ने जानकारी दिएका हुन् ।
 
त्यसका लागि दुवै सदनका सांसद्हरुलाई १२ः४५ बजे नै उपस्थीति हुन निर्देशन जारी गरिएको छ । बजेट भाषणपछि ४ बजेपछि प्रतिनिधि सभाको बैठक हुने पनि सभामुख घिमिरेले जानकारी दिए । संविधानमै गरिएको व्यवस्थाअनुसार साउन १ गतेबाट सुरु हुने नयाँ आर्थि बर्षका लागि डेढ महिना अघि अर्थात् जेठ १५ गते नै बजेट ल्याउनुपर्ने बाध्यता छ । 

Advertisement

सोहीअनुसार अहिले सरकार बजेट निर्माणको अन्तिम कसरतमा छ ।

पछिल्लो समय प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले संसद् अवरुद्ध गर्दै आएको छ । अवरुद्धका कारण सुरुको समयमा संसद् बैठक बस्न नसकेपनि पछिल्लो समय सत्तापक्षले पेलेर नै बैठक गरिरहेको छ । 

प्रमुख प्रतिपक्ष दलको अवरोध पनि कायमै छ । त्यो अवस्थामा  आगामी आवको बजेट अध्यादेशबाट आउने जोखिम बढेको थियो । सरकारले यो अधिवेशन अन्त्य गरेर अध्यादेशबाट बजेट ल्याउने संकेत पनि गरेको थियो । तर, सभामुख घिमिरेले बजेट प्रस्तुतका लागि मंगलबार १ बजे संघीय संसद्को संयुक्त बैठक बोलाएका छन् । यसअनुसार सत्तापक्षले पेलेर नै बजेट ल्याउने करिब पक्का भएको छ । 
 

Advertisement

Advertisement