पचास घन्टा १५ मिनेट योगा गरेर उत्तमले बनाए विश्व रेकर्ड

Advertisement

काठमाडौं । नेपालका उत्तम मोक्तानले ५० घन्टा १५ मिनेटसम्म योगा गरेर विश्व रेकर्ड बनाएका छन् ।

हाल अष्ट्रेलियामा रहेका उनी गिनिज बुक अफ दि वर्ल्ड रेकर्डले उसको कीर्तिमानलाई मान्यता दिएको छ र सबैभन्दा लामो म्याराथन योग पुरुषको उपनामले चिनिने छ। 

Advertisement

यसअघि भारतका योजराज सीपीको नाममा ४० घन्टा १५ मिनेटको रेकर्ड थियो । तर,  उत्तमले त्यसलाई तोडेका छन् । उनको स्थाई घर काभ्रे फेक्सिन्टार ३ हो।  

विश्व दर्शन अभियानमा आवद्ध उत्तमले २०१५ डिसेम्बर १७ देखि १९ सम्म ५० घन्टा १५ मिनेट गोग गरेका थिए । तर, गिनिज बुक अफ दि वर्ल्ड रेकर्डले हालै मात्र मान्यता दिएको छ । आफ्नो रेकर्डले मान्यता पाएपछि हाल  उत्तमले खुसी व्यक्त गरेका छन् ।

Advertisement

Advertisement