आईफोन पड्किदा अष्ट्रेलियामा चर्चित साइकल चालक ग्यारेथ घाइते

Advertisement

एजेन्सी।  अष्ट्रेलियामा एक चर्चित साइकल चालक आफ्नो साइकलबाट सडकमा लड्दा उसको आईफोन एक्कासी पड्किएर सोमबार दिउसो सख्त घाइते भएका छन् ।

छतिश वर्षीय ग्यारेथ क्लेयरले पकेटको पछाडीपट्टि राखेको आईफोन साईकल चलाइरहंदा पड्किएपछि उनको दाहिने तिघ्राको पछाडीपट्टि भाग जलेको छ जसलाई डाक्टरहरुले 'थर्ड डिग्री बर्न,' भनेका छन्।

Advertisement

उनले आफु आईफोन पड्किएर घाइते भएको कुरा आफ्नो टुइटर मार्फत जानकारी दिएका छन्। उनले यस्तो हुनमा आईफोन कम्पनीलाई दोस नलगाए पनि यस्तो किन र कसरी भयो र किन यस्तो हुन्छ भन्नेबारे मानिसले जान्नु पर्ने र सजग हुने पर्नेमा कम्पनीको ध्यानआकर्षण गरेका छन्।

ग्यारेथ अहिले सिद्द्नीको रोयल नोर्थ शोर हस्पिटलमा उपचारत छन् ।  अष्ट्रेलियामै रहेको आइफोन कम्पनीले यसबारे अझै केही बोलेको छैन। प्राय फोन पडकनुमा बढी तातेर, फोनमा बढी प्रेसर परेर वा थिचिएर यस्ता घटना हुन सक्छन।

Advertisement

Advertisement