ओराकल र नेटस्वीटको साझेदारीमा पहिलो पटक रेनड्रप इन्क. नेपाली बजारमा

Advertisement

काठमाडौंः रेनड्रप इन्कर्पोरेशनले ख्यातिप्राप्त टेक्नोलोजी विशाल ओराकल इन्क, अमेरिकासँग समाधान प्रदाताका रुपमा नेपालका लागि पहिलो पटक साझेदारी गरेको छ ।

ओराकल र नेटस्वीट नम्बर १ क्लाउड आरइपी भएको जनाउँदै कम्पनीले एकीकृत व्यवसाय व्यवस्थापनको यस प्रविधिमा ४० हजारभन्दा बढी संगठनहरुले भरोसा गर्दै आएको जनाएको छ । साथै, १६० भन्दाअधिक देशहरुमा विश्वव्यापी पहुँचका साथ ओरालक र नेटस्वीट नेपालमा आएको जनाइएको छ ।

टक होल्डिङ्सको एक सहायक रेनड्रप इन्कर्पोरेशनको उद्देश्य ओराकल र नेटस्वीटको कार्यान्वयन, सहायता, प्रशिक्षण तथा प्रयोगकर्ताको आवश्यकताअनुसार अनुकुलन जस्ता विभिन्न सेवाहरु प्रदान गर्नु रहेको कम्पनीको विज्ञप्तिमा जनाइएको छ ।

कम्पनीले आफ्नो सञ्चालन यही गएको जनवरी १ देखि गरेको छ । ओराकल र नेटस्वीट सर्वोत्तम र विश्वसनीय सेवा प्रदायक हुने भन्दै रेनड्रप इन्क.ले नेपालका एक उद्यमीहरुमध्येका एक अशोक न्यौपानेले यसको प्रयोग गरेको जानकारी दिएको छ ।

सात बर्षभन्दा बढि समय दूरसञ्चार, पूर्वाधार व्यवसाय, कृषि क्षेत्रमा योगदान दिएका न्यौपानेका अनुसार यसले स्टार्ट अपका लागि पनि थप उर्जा दिनुका साथै रेनड्रप इन्क.ले ओराकल र नेटस्वीटको साथमा रहेर व्यवस्थापन प्रणाली तथा प्रक्रिया स्थापना गर्न मद्दत गर्नेछ ।

Advertisement

Advertisement

Advertisement