भदौ ३० गतेबाट पाँच ठूला सहरमा एनसेल मेला

Advertisement

काठमाडौं । निजी क्षेत्रको मोबाइल सेवा प्रदायक एनसेलले देशका विभिन्न पाँच सहरहरुमा एनसेल मेलाको आयोजना गर्ने भएको छ । कम्पनीको रि—ब्राण्डिङ्गपछि नजिकिदै गरेको चाँडपर्वको अवसर पारेर मेला गर्न लागेको हो । 

चाडपर्वको अवसरमा नारायणघाट, पोखरा, बुटवल, धरान र बिर्तामोडमा आफ्ना ग्राहकसँग खुसीयाली साट्न, शुभकामना आदान प्रदान गर्न र आफ्नो नयाँ ब्राण्ड स्थानीयस्तरमा चिनाउन मेला गर्न लागिएको एनसेलले जनाएको छ । 

Advertisement

मनोरञ्जनात्मक कार्यक्रमले भरिपूर्ण एनसेल मेला यही भदौ ३० गते नारायणघाट (नारायणी किनार)मा आयोजना गरिने छ । यो मेला असोज १ गते पोखरा (प्रदर्शनी केन्द्र, नयाँबजार), असोज ३ गते बुटवल (सिद्घेश्वरी मैदान, दीपनगर) र असोज ६ गते धरान (पब्लिक हाइस्कुल मैदान)मा आयोजना गरिने जनाइएको छ । 

असोज ८ मा बिर्तामोड (सुगम पेट्रोलपम्प मैदान)मा आयोजनापछि मेलाको समापन हुनेछ । प्रत्येक सहरमा मेला बिहान ११ बजे सुरु हुने र कन्सर्टसहित साँझसम्म चल्ने छ । कार्यक्रममा चर्चित कलाकार तथा साङगीतिक समुहको प्रस्तुती, गेम स्टल, किडस् जोन र फुड स्टलहरु रहनेछन । 

यसदेखिबाहेक मेलामा आउने आगन्तुकहरुले एनसेलको सेवा तथा सुविधामा आकर्षक अफर पाउने छन् भने डेटा सेवा, थ्रिजीको गति र अन्य डिभासहरु एनसेलको विषेश हाइटेक जोनमा चलाएर टेष्ट गर्न सक्नेछन् ।  कलाकारहरु सुगम पोख्रेल, शिव परियार, सन्दिप क्षेत्री, मिलन अमात्य, लाउरे, रेमोन दास श्रेष्ठ, समृद्घी राई र एक्स व्याण्डको प्रस्तुती मेलामा हुने एनसेलले जनाएको छ ।

त्यसैगरी, युभिएन्जल्स् र डिजे रुपेशले आफ्नो प्रस्तुतीबाट दर्शकलाई मनोरन्जन प्रदान गर्नेछन् । मेलामा बालबालिकालगायत सबै उमेरका लागि विविध कार्यक्रमहरु समाबेश गरिएका छन् । बालबालिकाका लागि इन्फ्लेटेड क्यासल, मेरी गो राउण्ड र ट्रेन जस्ता विविध आकर्षणहरु रहने जनाइएको छ । नेपाली, इण्डियन र चाइनिज परिकारका स्टलहरु पनि रहने मेलामा रहने छ । 

 

Advertisement

Advertisement