पर्यटकीय नगरी पोखरामा भोलि एनसेल मेला

Advertisement

काठमाडौं । देशको प्रमुख दूरसञ्चार सेवा प्रदायक एनसेलले नजिकिदै गरेको चाडपर्वकोे अवसरमा आफ्ना ग्राहक तथा शुभचिन्तकसँग खुशियाली साट्न शनिबार पर्यटकीय नगरी पोखराको प्रदर्शनी केन्द्र, नयाँ बजारमा मनोरञ्जनात्मक कार्यक्रमसहितको एनसेल मेला आयोजना गर्ने भएको छ ।

देशको विभिन्न पाँच शहरमा आयोजना हुने एनसेल मेला बिहीबार नारायणगढको नारायणी किनारबाट सुरु भएको हो । शनिबार पोखरामा हुने मेला ११ बजे सुरु भई साँझसम्म चल्नेछ ।  

Advertisement

चर्चित कलाकार तथा संगीतिक समुहको प्रस्तुती, कमेडी, जादु, गेम स्टल, किडस् जोन र फुड स्टल मेलाका आकर्षण रहेन एनसेलले जनाएको छ । कलाकारहरु सुगम पोख्रेल, शिव परियार, सन्दिप क्षेत्री, मिलन अमात्य, लाउरे, रेमोनदास श्रेष्ठ र समृद्घी राईको प्रस्तुती रहने मेलामा एक्स व्याण्ड, कार्टुन्जक्रुर युभिएन्जल्स्को प्रस्तुतीले दर्शकलाई थप मनोरन्जन प्रदान गरिने छ । 

मेलाको मुख्य आकर्षणका रुपमा कन्सर्ट रहेको एनसेलले जनाएको छ । एनसेलको सेवा सुविधामा ग्राहकलाई आकर्षक अफर पाउने यस मेलामा डेटा सेवा, थ्रिजीको गति र अन्य डिभासहरु एनसेलको विषेश हाइटेक जोनमा चलाएर टेष्ट गर्न सक्नेछन् । 

मेलामा गेम स्टहरुमा सुट द रावण, मिनी बास्केटबल, बाउन्स एण्ड स्कोर र स्कोर द रियल गोल लगायतका गेमहरु हुनेछन् भने बालबालिकाका लागि इन्फ्लेटेड क्यासल, फेस पेन्टिङ्, वाटर बल, मेरी गो राउण्ड, बेबीगल्फ र ट्रेन जस्ता आकर्षण रहने जनाइएको छ । 

आगन्तुकहरुको लागि नेपाली, इण्डियन र चाइनिज परिकारहरुको फुड स्टल पनि मेलामा रहनेछन् । यसमा मयुर नाच, लाखे नाच, दशैं पिंग, चंगा चेट प्रतियोगिता र मगसट फोटो बुथ आदि रहने जनाइएको छ । असोज ३ गते बुटवल, ६ गते धरान र ८ गते बिर्तामोडमा मेला गरेपछि एनसेलको यो अभियान सम्पन्न हुनेछ ।

Advertisement

Advertisement