जब को-पाईलटले उड्दै गरेको विमानभित्रै चुरोट सल्काएपछि !

Advertisement

एजेन्सी । उडिरहेको हवाईजहाजमा कसैले धुम्रपान गर्यो भने के हुन्छ होला ? हामी मध्य धेरैलाई यो विषयमा थाहा नहुन सक्छ यस्तै भएको छ चीनमा त्यो पनि सहचालकले नै ।

हङकङ देखि डालियन सहरका लागि उडेको एयर चाईना विमानका एक को -पाईलटले जब उडानका क्रममा चुरोट सल्काए तब विमान आकास्मिक अवस्थामा पुग्यो । आफुले पिउदै गरेको चुरोटबारे यात्रुहरुलाई थाहा नहोस् भनेर जब उनले चलिरहेको एयर कन्डिसनलाई बन्द गरे तब विमानमा तत्काल अक्सिजनको कमी भएपछि चालकले अक्सिजनका मास्कहरु छाडेका थिए । उनले आफ्नो क्याप्टेनलाई पनि थाहा नदिई त्यो सब गरेको चीनको नागरिक विमान प्रशासनले उल्लेख गरेको छ ।

अचम्म लाग्दो कुरा के भने त्ससपछि विमान ६ हजार ५ सय मिटर भन्दा तल सम्मको उचाईमा उडेको थियो । त्यो अवस्थामा चालक दलले आफ्नो सीटबेल्ट कसिलो पार्न समेत भनेका यात्रुहरुले बताएका छन् । जब विमानले क्याविनको दबाबलाई गुमाउँछ त्यतिवेला चालकले चालक दल र यात्रुहरुलाई सुरक्षित राख्न विमानलाई निम्न उचाईमा ल्याउने गर्छन ।

एक सुरक्षा अधिकारी कियो यिनका अनुसार चालक दलले त्यस्तो अवस्थामा आकस्मिक उपायहरु अपनाउन सुरु गरेको तर अक्सिजन मास्क छोड्दा सम्म उनीहरुले समस्या पत्ता लगाउन सकेका थिएनन् ।पछि एक सदस्यले एयर कन्डिसन बन्द भएको देखेपछि त्यसलाई पुनः चलाएर विमानलाई पुरानो अवस्थामा फर्काएका थिए । त्यसपछि विमानले पुनः उडानमा गति लिएको थियो ।

चीनमा सन् २००६ देखि कुनैपनि विमान चालकले धुम्रपान गर्न नपाउने निएम छ । तर, सन् २०१५ मा पनि एक विमान यात्रामा त्यो विमानको ककपिटबाट चुरोटको गन्ध आएको यात्रुहरुले बताएका थिए ।

Advertisement

Advertisement

Advertisement