सबैभन्दा लामो दाम्पत्य जीवनको विश्व कीर्तिमान

Advertisement

एजेन्सी । पश्चिम जापानको ताकामात्सुस्थित बृद्धा आश्रममा बस्ने मासाओ र मियाको मात्सुमोतोको विवाह भएको असी बर्ष भएको छ ।

सय बर्षमाथिका उनीहरुले लामो दाम्पत्य सम्बन्धको कीर्तिमान बनाएका छन् । उनीहरुको सन् १९३७ मा विवाह भएको थियो । मासाओ र मियाको मत्सुमोतोको पाँच छोरी १३ नाति नातिना र २५ जना पनाती पनातीनीहरु छन् ।

उनीहरुको लामो समयसम्म सम्बन्ध कायम रहनुको मुख्य कारण भनेको सहिष्णुता र धैर्य हो । मियाको भन्छिन् ‘यति लामो समय सँगै रहनुको कारण म धैर्यवान हुनाले हो यहि नै सत्य हो’ । अहिले मासाओ १०८ र मियाको १०० बर्षका भएका छन् । उनीहरुले अब विश्वको ‘सबैभन्दा पुराना विवाहित जोडी’ भएको रेकर्ड राखेका छन् ।

Advertisement

Advertisement

Advertisement