खानाको फोटो सेयर गरेको भन्दै  श्रीमानले दिए श्रीमतीलाई डिभोर्स

Advertisement

एजेन्सी । कहिलेकाहिँ मानिसहरु घरबाहिर होस् वा घरमै साथीभाइ वा आफन्त संगै बसेर मिठो परीकार खाने रमाइलो गर्ने गर्छन् र फोटो होस् वा लाइभ सामाजीक संजालमा सेयर गर्ने गर्छन् । यस्तै जोर्डनमा एकजना पुरुषले खानेकुराको फोटो स्न्यापच्याटमा शेयर गरेको झोँकमा श्रीमतीसँग डिभोर्स गरेका छन् ।

जर्डनको राजधानी अम्मानस्थित एक रेष्टुराँमा डिनरका लागि पुगेका एक दम्पतीको खानेकुराको फोटो स्न्यापच्याटमा शेयर गरेको विषयमा विवाद हुँदा सम्बन्ध विच्छेद भएको छ ।
समचारका अनुसार रेष्टुराँमा खाना खाने बेलामा पत्नीले आफ्नो पतीलाई केहीबेर खान रोकेर फोटोका लागि पोज दिन अर्हाइन । रेष्टुराँमा खाएको फोटो खिचेर स्न्यापच्याटमा सेयर गर्ने थालीन् । पतिलाई धेरै भोक लागेको र रेष्टुराँमा आधा घण्टाजति पर्खिनु परेको थियो । जब खानेकुरा आइपुग्छ र पति खाना खान खोज्दा पत्नीले केहिबेर रोक्न भनिन् र फोटो खिच्न थालिन् ।

यसबाट रिसले चुर भएका पति भड्किएर पत्नीसँग झगडा गर्न थाले । जब झगडाले उग्ररुप लिन थाल्यो र अन्त्यमा डिभोर्स गरे ।

Advertisement

Advertisement

Advertisement