एनआरएनएको अफ्रिका सम्मेलन सम्पन्न, नेपालमा लगानी गर्न अफ्रिकी सरकारलाई आग्रह

Advertisement

काठमाडौं।  गैरआवासीय नेपाली संघ ( एनआरएनए) अफ्रिकाको तेस्रो क्षेत्रीय बैठक युगाण्डाको राजधानी कम्पालामा सम्पन्न भएको छ  । १२ बुँदे कम्पला घोषणापत्र जारी गर्दै सम्पन्न उक्त बैठकमा झन्डै एक दर्जन मुलुकमा कार्यरत १५० जनाभन्दा बढी नेपालीको सहभागिता रहेको थियो ।

बैठकले  नेपाल र अफ्रिकी मुलिकबीचको आर्थिक सम्बन्ध बिकासको लागी कम्तिमा पनि पूर्बी र पश्चिम अफ्रिकी मुलुकमा एक एक वटा दूताबास खोल्नका लागि नेपाल सरकारसँग  आग्रह गरेको छ ।  यसै गरि बैठकले अफ्रिकी मुलुकसँग व्यापार प्रबद्र्धन गर्न डीटीएए, बिप्पा जस्ता सन्धीका लागि पहल गर्न पनि नेपाल सरकारसँग अनुरोध गरेको छ।

कम्पला घोषणापत्र मार्फत नेपालमा लगानीका लागि नेपाल सरकारसँग सहकार्य गर्न युगाण्डा तथा अन्य अफ्रिकी सरकारलाई नेपालमा लगानी गर्न पनि सँगै आग्रह गरेको छ ।

कार्यक्रममा  इजिप्टस्थित नेपाली राजदूत झबिन्द्र अर्याल तथा युगाण्डा सरकारका सम्माननीय राष्टपतिका प्रतिनिधि युगाण्डा रेसिडेण्ट डिस्टिक्ट कमिस्नार श्रीमति हाइट हावा नामुजेनीको उपस्थिति रहेको थियो।  भने कार्यक्रममा कम्पाला नगर प्राधिकरण सम्बन्धी मन्त्री बेटी काम्या नामिसाग्यो र युगाण्डा सरकारका पर्यटन राज्यमन्त्री किवाण्डा गोडीफ्रे स्सुवी लगायत युगाण्डा सरकारका बिभिन्न निकाय तथा संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति तथा प्रस्तुती  रहेको थियो ।

सम्मेलनले जारी गरेको  निम्न १२ बुँदे कम्पाला घोषणापत्र ।
१. नेपालको पर्यटन, पूर्बाधार लगायतका क्षेत्रको विकासमा अफ्रिकी मुलुकको अनुभवबाट नेपाल र अफ्रिकाबीचको सहकार्यका लागि पहल गरिदिन नेपाल सरकार र एनआरएनए अन्तर्राष्टिय समन्वय परिषद्लाई आग्रह ।

२.  युरोप र अमेरिका जाने प्रलोभनमा अफ्रिकी मुलुकमा आएका त्यस्ता नेपालीले अनेक दुःखकष्ट भोग्नु परेको यस्ता समस्यालाई तत्काल रोक्नका लागि कडाई गर्दै सचेतना कार्यक्रम संचालन गर्न नेपाल सरकारलाई आग्रह ।

३. बैधानिक रुपमा अफ्रिकी मुलुक आउने नेपालीहरुलाई समेत नेपाल र भारतका बिमानस्थलमा त्याँहाका कर्मचारीले अनाबश्यक दुःख दिने काम तत्काल बन्द गरी आवतजावत सहज बनाउन नेपाल सरकारलाई आग्रह ।

४. पूर्बी र पश्चिम अफ्रिकी मुलुकमा कम्तिमा एक एक वटा दूताबास खोल्नका लागि नेपाल सरकारसँग  आग्रह।

५. नेपाल र अफ्रिकामा आपसी लगानीका पर्याप्त सम्भावनालाई ध्यानमा राखेर नेपाल र अफ्रिकाबीच लगानीका लागि समन्वय तथा सहजीकरण गर्न आग्रह ।

६. नेपालमा लगानीका लागि नेपाल सरकारसंग सहकार्य गर्न युगाण्डा तथा अन्य अफ्रिकी सरकारलाई आग्रह  ।

७. अफ्रिकाका बिभिन्न मुलुकमा कार्यरत नेपाली समुदायलाई आधिकारिक रुपमा मान्यता दिलाई उनीहरुको बसोबास सहज बनाउनका लागि त्याँहाका सरकारसँग पहल गरिदिन नेपाल सरकारलाई आग्रह  ।

८.  अफ्रिकाका मुलुकमा सरकारी स्तरबाटै सहमति गरी रोजगारीमा पठाउने र रोजगारीमा जानेहरुको अधिकार सुनिश्चितताका लागि नेपाल सरकारलाई आग्रह ।

९. अफ्रिकी मुलुकसँग व्यापार प्रबद्र्धन गर्न डीटीएए, बिप्पा जस्ता सन्धीका लागि पहल गर्न नेपाल सरकारसंग अनुरोध ।

१०. बैदेशिक रोजगारीमा आएकाहरुको सामाजिक सुरक्षा सुनिश्चित गर्ने हजारे अभियान संचालन सम्बन्धमा सरकारले कार्यदल बनाई काम अघि बढाएकोमा नेपाल सरकारलाई धन्यवाद दिदैं चाँडै यस्तो किसिमको सामाजिक सुरक्षा कार्यक्रम थालनी गर्न सरकार समक्ष अनुरोध  ।

११.  एनआरएनए अफ्रिकाको तेस्रो सम्मेलनको सहआयोजक इजिप्टस्थित नेपाली दूताबासको कदर गर्दै सम्मेलनको प्रमुख आतिथ्यता ग्रहण गरेकोमा नेपाली राजदूत झबिन्द्र अर्याल र नेपाल सरकारलाई हार्दिक धन्यवाद ज्ञापन ।

१२. एनआरएनए तेस्रो अफ्रिका सम्मेलन सफलतापूर्बक सम्पन्न गर्नका लागि युगाण्डा सरकार र त्याँहाका जनताको सहयोग र सद्भावका लागि हार्दिक आभार व्यक्त गर्दै आगामी दिनमा पनि सहयोगको निरन्तताको अपेक्षा गर्दछौं । साथै, सम्मेलनमा सहभागी कम्पाला नगर प्राधिकरण सम्बन्धी मन्त्री मदाम बेटी काम्या नामिसाग्यो, युगाण्डा सरकारका पर्यटन राज्यमन्त्री किवाण्डा गोडीफ्रे स्सुवी लगायत युगाण्डा सरकारलाई  धन्यवाद ज्ञापन ।

Advertisement

Advertisement

Advertisement