साना किसानको ऋण सरकारले तिर्ने

Advertisement

काठमाडौं । साना किसानका लागि सरकारले खुशीको कुरा ल्याएको छ ।  मन्त्रिपरिषदको सोमवार बसेको बैठकले साना किसानको ऋण मिनाह गर्ने निर्णय गरेपछि खुशीको कुरा भएको हो ।

कृषि विकास बैंकबाट ऋण लिई, तिर्न नसकेका किसानको डेढ अर्बसम्म ऋण सरकारले मिनाह गर्ने भएको हो । कृषि विकास बैंकबाट ऋण लिएका साना किसानहरुको ऋण मिनाह गर्ने विषयको औपचारिक जानकारी, सरकारका प्रवक्ता गोकुल बास्कोटाले विहीबार गराएका हुन् ।

नेकपाको चुनावी घोषणा पत्रमा पनि साना किसानको ऋण मिनाहा गर्ने कुरा उल्लेख छ । सोही अनुसार सरकारले साना किसानको ऋण मिनाह गरेको हो ।

Advertisement

Advertisement

Advertisement