यो बर्ष राजश्व ११ खर्बभन्दा माथि उठ्दैन, बैंकहरुको लगानी राम्रो छैन्, उत्पादन घट्छः खतिवडा

Advertisement

ललितपुर । पूर्वअर्थमन्त्री युवराज खतिवडाले सरकारले वैदेशिक लगानी ल्याउन नसक्दा आन्तरिक ऋण लिएर मुलुकको आवश्यकता पूरा गर्नुपर्ने अवस्था रहेको बताएका छन् । शुक्रबार नेपाल व्यवस्थापन संघको कार्यक्रममा उनले सरकारले ठूला परियोजनाहरुमा विदेशी लगानी ल्याउन नसक्दा सरकारले आन्तरिक ऋण लिएर ठूला आयोजनाहरुमा लगानी गर्दा आन्तरिक ऋण बढिरहेको बताए । 

विदेशी लगानी धेरै ल्याउनसके सरकारले आन्तरिक ऋण लिनुपर्ने अवस्था नआउने बताउँदै खतिवडाले लगानी सम्मेलनमार्फत धेरै विदेशी लगानी ल्याउने वातावरण बनाउन सरकार तत्काल लाग्नुपर्ने बताए । विदेशी लगानी पनि नआउने र बैंकहरुको लगानी पनि राम्रो ठाउँमा नभएकाले उत्पादकत्व वृद्धि नभएको जिकिर उनको थियो । 

Advertisement

खतिवडाले सरकारले ७ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य राखेर लगानी देखाउन आन्तरिक ऋण लिनुपरेको पनि बताए । उनले बैंकको कारणले पनि स्रोतमा निजी क्षेत्रलाई असर परेको उल्लेख गर्दै अहिले सरकारले आन्तरिक ऋणको एक खर्ब बढी ब्याज र आन्तरिक र वाह्य गरेर तीन खर्ब ३० अर्ब जति साँवा ब्याज तिर्नुपर्ने अवस्था रहेको बताए । 

यो वर्ष सरकारको राजश्व ११ खर्ब भन्दा माथि उठाउन सक्ने अवस्था नभएको खतिवडाले बताए । उनले भने, ‘वैदेशिक लगानी ल्याउन सक्दा आन्तरिक ऋण लिएर मुलुकको आवश्यकता पूरा गर्नुपर्ने अवस्था भएको हो । विशेषगरी ठूला विकास आयोजनाको लागि खर्च भएको हो । विदेशी लगानी धेरै ल्याउनसके सरकारले आन्तरिक ऋण लिनुपर्ने अवस्था आउँदैन । लगानी सम्मेलनमार्फत धेरै विदेशी लगानी ल्याउनु होला । तर त्यसको वातावरण सरकारले बनाउनुपर्छ । बैंक तथा वित्तीय संस्थाहरुको लगानी कहाँ भयो । विदेशी लगानी पनि नआउने र बैंकहरुको लगानी पनि राम्रो ठाउँमा नभएकाले उत्पादकत्व वृद्धि भएन् । सात प्रतिशत आर्थिक वृद्धिको लक्ष्य राखेपछि सरकारको लगानी देखाउन आन्तरिक ऋण दिनुपर्यो ।’ 

उनले थपे, ‘बैंकको कारणले पनि  स्रोतमा निजी क्षेत्रलाई असर परेको छ । अहिले सरकारले आन्तरिक ऋणको १ खर्ब बढी ब्याज तिर्ने गर्छ । आन्तरिक र वाह्य गरेर तीन खर्ब ३० अर्ब जति साँवा ब्याज तिछौं । यो वर्ष सरकारको राजश्व ११ खर्बभन्दा माथि उठ्दैन । त्यसमा एक खर्ब तल्लो तहमा गइहाल्छ । सबै हिसाब गर्दा ३० प्रतिशत राजश्व डेट सर्भिसिङमा जाँदैछ । डेट सर्भिसिङमा दायित्व बोकि रहने हो भने सरकारलाई गाह्रो छ । अहिलेको बजेटमा अर्थमन्त्रीलाई चुनौती भनेको रावश्वमा करका दरहरु नबढाउ,धेरै मान्छेलाई करको दायरामा नल्याऔं,विदेशी र आन्तरिक ऋण लिऔं तर बजेटमा हामीले भनेका सबै अंकहरु राख र बजेट ठूलो बनाउऔं भन्ने हो जुन सम्भव छैन ।’

पूर्वमन्त्री खतिवडाले राजश्व संकलनको ३० प्रतिशत राजश्व डेट सर्भिसिङमा जाने बताए । उनले अहिलेको बजेटमा अर्थमन्त्रीलाई रावश्वमा करका दरहरु नबढाउन, धेरै मान्छेलाई करको दायरामा नल्याउन, विदेशी र आन्तरिक ऋण नलिन तर बजेटमा संसदहरुले भनेका सबै अंकहरु राखेर बजेट ठूलो बनाउन दबाब भएपनि त्यो सम्भव नभएको बताए । 

Advertisement

Advertisement