नेपाल इन्भेष्टमेन्ट बैंकको साधारणसभाबाट ४० प्रतिशत लाभांस प्रस्ताव पारित

Advertisement

काठमाडौं। नेपाल इन्भेष्टमेन्ट बैंकको ३२औं बार्षिक साधारणसभाले ४० प्रतिशत लाभांस दिने सञ्चालक समितिको प्रस्ताव पारित गरेको छ। बैंकको आइतबार बसेको साधारण सभाले गत वर्षको नाफबाट १८ प्रतिशत बोनस शेयर र २२ प्रतिशत नगद लाभांस पारित गरेको हो।

बैंकले गत आर्थिक बर्ष ३ अर्ब ६५ करोड रुपियाँ खुद नाफा गरेको थियो।

अब बैंकको चुक्ता पूँजी १२ अर्ब ५८ करोड रुपैयाँ पुगेको छ। बैंकको जगेडा कोषको रकम बढेर ९ अर्ब ७७ करोड रुपियाँ पुगेको बैंकले जानकारी गराएको छ। शेयरधनी कोष २४ अर्ब ८७ करोडको भएको छ। बैंकले गत बर्ष ३ अर्ब ६५ करोड रुपैयाँ खुद नाफा गरेको थियो।

बैंकको निक्षेप १ खर्ब ४० अर्ब र ऋण १ खर्ब २० अर्ब रुपियाँ पुगेको छ। बैंकको खराब कर्जा अनुपात भने १.३६ प्रतिशत छ। बैंकका हाल ७८ शाखा र १०९ वटा एटिएम छन्।

Advertisement

Advertisement

Advertisement