सिप्रदीले अत्यधिक नाफा खाएर टाटाका कमसल गाडि बेचेको लेखाको छानविनको निष्कर्ष

Advertisement

बुटवल । प्रदेश ५ को सार्वजनिक लेखा समितिले नेपालमा टाटा ब्राण्डका गाडिहरु बिक्री गर्दै आएको सिप्रदी ट्रेडिङ प्रालि र स्थानीय एजेन्टले अत्याधिक नाफा खाएर प्राविधिक समस्या रहेका टाटा स्ट्रोम गाडिहरु बिक्री गरेको पुष्टि गरेको छ ।

प्रदेश सरकार र प्रदेश संसदका लागि खरिद गरिएका १५ वटा टाटा स्ट्रोमहरुमा प्राविधिक समस्या देखा पर्नुका साथै मूल्यमा समेत एकरुपमा नभएपछि यो विषयमा प्रदेश ५ मा खैलाबैला मच्चिएको थियो । यो विषयमा अनियमितताको संकेत देखिएपछि लेखा समितिले छानविन अघि बढाएकोमा उपभोक्ता मूल्य भन्दा धेरै तिरेर गाडी किनेको भेटिएको हो ।

यी गाडिहरुमा प्रविधिक त्रुटी भेटिएपछि लेखा समितिका सभापति डिल्लीप्रसाद चौधरीलगायतले गाडि नै फिर्ता गरेका थिए । सिप्रदीले बेचेका टाटा स्ट्रोमहरुले सामान्य उकालो पनि नतान्ने र अन्य प्राविधिक समस्याहरु देखिएका थिए । लेखा समितिले गाडि खरिदमा ठूलो अनियमितता भएको ठहर गर्दै बजार मूल्यभन्दा बढि रकम सिप्रदीबाट अशुलउपर गरेर प्रदेशसभा सञ्चित कोषमा राख्न निर्देशन दिएको छ ।

समितिले शुक्रबार अन्तिम रुप दिएको प्रतिवेदनमा टाटा गाडी बिक्री गर्ने सिप्रदी र स्थानीय एजेण्टले अत्यधिक नाफा खाएको निचोड निकाल्दै उपभोक्ता मूल्य ६८ लाख ५५ हजारभन्दा बढी मूल्य नतिर्न निर्देशन दिएको छ ।

छानविन प्रतिवेदन प्रदेशसभालाई माघ २९ गते बुझाउने सभापति चौधरीले जानकारी दिए । गाडि खरिद गर्ने पक्षलाई दोषी ठहर नगरीकन बेच्नेबाट मात्रै बढी रकम अशुल उपर गर्न निर्देशन दिइएको यस प्रतिवेदनमा गाडि बेच्ने एजेन्टले भन्सार मूल्यभन्दा करिब ३० प्रतिशत बढी मुनाफा राखेकोले नियमभन्दा बढि नाफा अशुलउपर गरी प्रदेशसभाको कोषमा राख्न भनिएको छ ।

स्वयम प्रदेश ५ का मुख्यमन्त्री इश्वर पोखरेलको गाडि खरिद अनियमिततामा संलग्न रहेको समाचार आएकाले खरिद गर्ने पक्षलाई लेखा समितिले दोषी नदेखाएको स्रोतको भनाई छ ।

Advertisement

Advertisement

Advertisement