लगानी सम्मेलनमा सहभागि हुन आउने विदेशि पाहुनाले भिषा शुल्क तिर्नु नपर्ने

Advertisement

काठमाडौं । सरकारले लगानी सम्मेलनमा भाग लिन आउने कुनै पनि देशकानागरिकसँग भिषा शुल्क नलिने निर्णय गरेको छ । शुक्रबारबाट शुरु भएको लगानी सम्मेलनका लागि आउने कुनै पनि देशका नागरिकसँग भिषा शुल्क नलिइने भएको हो ।

सम्मेलनका लागि आउने विदेशी लगानीकर्ता र उनीहरुका प्रतिनिधिको विवरण लगानी बोर्डले अध्यागमन विभागलाई उपलब्ध गराएको छ । त्यसैको आधारमा विभागले सम्मेलनका लागि आउने कुनै पनि देशका नागरिकसँग भिषा शुल्क नलिने व्यवस्था मिलाइएको जनाएको छ ।

सम्मेलनमा स्वदेशी तथा विदेशी गरी झण्डै १ हजार लगानीकर्ताको सहभागिता छ । नेपाल सरकारको निमन्त्रणामा विभिन्न ४० देशहरुबाट ६ सय भन्दा बढी लगानीकर्ताको सम्मेलनमा सहभागी भएका लगानी बोर्डले जनाएको छ ।

वैदेशिक लगानीकर्तालाई नेपालमा लगानी गर्न आकषिर्त गर्ने उद्देश्यले शुक्रबारबाट शुरु भएको लगानी सम्मेलन शनिबार पनि जारी रहनेछ ।

सम्मेलनमा लगानीका लागि नेपालको निजी क्षेत्रको तर्फबाट २७ र सरकारले छनोट गरेका ७७ वटा परियोजनाहरु लगानीकर्ता समक्ष प्रस्ताव गरिँदैछ ।

Advertisement

Advertisement

Advertisement