राष्ट्र बैंकले दिएको लक्ष्य पूरा गर्दै सबै स्थानीय तहमा पुग्यो ग्लोबल आइएमई बैंक

,   १९ चैत्र २०७५, मंगलवार, ११:२७ am   
Global_IME

काठमाडौं।  ग्लोबल आइएमई बैंकको शाखा सम्पूर्ण गाँउपालिका तथा नगरपालिकामा पुग्न सफल भएको छ ।

बैंकले प्रदेश नं. १ को संखुवासभा भोटखोला गाँउपालिका ३ हटियाबजारमा नयाँ शाखा कार्यालय संचालनमा ल्याएसँगै राष्ट्र बैंकले तोके अनुरुप सवै क्षेत्रमा शाखा पुर्याउन सफल भएको हो । योसँगै बैंकको शाखा कार्यालयहरुको संख्या एक सय ३५ पुगेको छ ।

वाणिज्य बैंकहरुले २४३ स्थानीय तहमा आफ्नो शाखा स्थापना गरी संचालनमा ल्याउनुपर्ने नेपाल राष्ट्र बैंकको प्रावधान अनुरुप ग्लोबल आइएमई बैंकलाई तोकिएका १७ स्थानीय तहमध्ये १७ वटै स्थानहरु आफ्ना शाखा संचानमा ल्याएको छ ।

aecc