कानुन व्यवसायीको संगठनमा सत्ताधारी दलनिकटको बहुमत, महासचिवसहित दुई पद लोकत्रान्त्रिकबाट

Advertisement

काठमाडौं । कानुन व्यवसायीहरुको संगठन नेपाल बार एशोसिएसनको अध्यक्षमा सत्ताधारी दलनिकट प्रगतिशिल समूहका वरिष्ठ अधिवक्ता चण्डेश्वर श्रेष्ठ विजयी भएका छन् । उनले काँग्रेस पक्षधर लोकतन्त्रवादी समूहतर्फका अध्यक्षका उम्मेदबार सुनील पोख्रेल हराउँदै विजयी भएका हुन् ।

श्रेष्ठले पोख्रेललाई १४९ मत अन्तरले हराउन सफल भएका हुन् । पोख्रेलले तीन हजार ८७३ मत ल्याउँदा श्रेष्ठले चार हजार २२ मत पाएर विजयी भए । बार एशोसियशनका २५ सदस्यीय कार्यसमितिमा २३ पदसहित प्रगतिशिल समूह विजयी हुन् सफल भएको हो ।

महासचिवमा भने लोकतन्त्रवादी समूहका लीलामणी पौडेल विजयी भए। निकटतम प्रतिद्वन्द्वी सुरेन्द्र थापाभन्दा ४७७ मत बढी ल्याएर पौडेल विजयी भएका हुन्। पौडेलले चार हजार १७८ मत ल्याए भने थापाले तीन हजार ७०१ मत पाए।

कार्यसमितिका सबैको मतपरिणाम यस्तो छः

Advertisement

Advertisement

Advertisement