यूनाइटेड फाइनान्सबाट महालक्ष्मी लाईफ इन्स्योरेन्सको बीमा सेवा पाइने

Advertisement

काठमाडौँ । यूनाइटेड फाइनान्स र महालक्ष्मी लाईफ इन्स्योरेन्सबीच बीमा सेवा दिने सम्बन्धमा सम्झौता भएको छ। सम्झौतामा फाइनान्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अजय कुमार मिश्र र इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले हस्ताक्षर गरे ।
सम्झौता पछि यूनाइटेड फाइनान्सले देश भर रहेका आफ्ना १६ शाखाहरुबाट महालक्ष्मी लाईफ इन्स्योरेन्सको जीवन बीमा योजनाहरु बिक्री गर्नेछ। महालक्ष्मी लाईफ इन्स्योरेन्सले साबधिक बीमा योजना,डबल साबधिक बीमा योजना र लगानी फिर्ता बीमा योजना सार्वजनिक गर्दै २०७५ माघ २७ गतेबाट कारोबार प्रारम्भ गरीपूर्व मेची देखि पश्चिम महाकाली सम्म २२ वटा शाखाहरूबाट कारोवार प्रारम्भ गरिसकेको छ।

Advertisement

Advertisement

Advertisement