मोदीको सपथग्रहण समारोहमा प्रधानमन्त्री ओली नयाँदिल्ली प्रस्थान

Advertisement

काठमाडौं । प्रधानमन्त्री केपी ओली भारतीय प्रधानमन्त्रीमा दोस्रो कार्यकालका लागि निर्वाचित भारतीय जनता पार्टीका नेता नरेन्द्र मोदीको सपथग्रहण समारोहमा सहभागी हुन आज नयाँदिल्ली प्रस्थान गरेका छन् ।

भारतीय विदेश मन्त्रालयले बिमस्टेकसहित १४ देशका राष्ट्र तथा सरकार प्रमुखलाई शपथग्रहण समारोहमा सहभागी हुन निम्ता दिएको छ । मोदीले साँझ सात बजे राष्ट्रपति रामनाथ कोविन्दवाट प्रधानमन्त्रीको शपथ लिदैछन् ।

यसअघि पहिलो पटक प्रधानमन्त्रीको शपथ लिँदा मोदीले सार्कका राष्ट्र तथा सरकार प्रमुखलाई बोलाएका थिए । यसपटक भने मोदीले बिमस्टेकसहितका १० राष्ट्रका राष्ट्र तथा सरकार प्रमुखलाई निम्ता दिएका छन् ।

शपथ समारोहमा सहभागी भएपछि प्रधानमन्त्री ओली भारतीय राष्ट्रपतिद्वारा आयोजित रात्रिभोजमा सहभागी हुने कार्यक्रम छ । प्रधानमन्त्री ओली र प्रधानमन्त्री मोदीबीच शुक्रबार द्विपक्षीय वार्ता हुनेछ ।

Advertisement

Advertisement

Advertisement