महालक्ष्मी विकास बैंकको पृथ्वीचन्द्र अस्पताललाई वाटर डिस्पेन्सर, प्युरिफायर तथा मेसिन सहयोग

Advertisement

काठमाडौं । महालक्ष्मी विकास बैंकले मिती असार ३१ गते पृथ्वीचन्द्र अस्पताल, रामग्राम नवलपरासीलाई तातो चिसो पानी आउने वाटर डिस्पेन्सर, वाटर प्युरिफायर तथा वाटर मोटर मेसिन निःशुल्क जडान गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त सहयोग गरेको हो ।

बैंकको उक्त शाखाले सो अस्पताल परिसरमा एक कार्यक्रम आयोजना गरी उक्त सामाग्रीहरु हस्तान्तरण गरेको हो । बिरामीहरुका लागि पर्याप्त मात्रामा तातो चिसो पानीको व्यवस्था मिलाउने उद्देश्यले बैंकद्वारा अस्पताललाई वाटर डिस्पेन्सर र वाटर प्युरिफायर वितरण गरिएको हो । यसका साथै उक्त अवसरमा अस्पतालका बिरामीहरुका लागी फलफुल पनि वितरण गरिएको थियो ।

बैंकले आगामी दिनहरुमा पनि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत अझ प्रभावकारी कार्यक्रमहरु गर्दै जाने प्रतिबद्घता जनाएको छ ।

Advertisement

Advertisement

Advertisement