उत्तर कोरियाले दुई साताको बीचमा आज चौथो मिसाइल प्रक्षेपण

Advertisement

सिउल । उत्तर कोरियाले आज बिहानै दुई वटा मिसाइल प्रक्षेपण गरेको छ । दुई हप्ता भन्दा कम समयमा उसले आजको समेत चौथो पटक मिसाइल प्रक्षेपण गरेको दक्षिण कोरियाको सेनाले जनाएको छ ।

आजको मिसाइल मंगलबार बिहानै दक्षिण हवाङघाइ प्रान्तबाट प्रक्षेपण गरिएको दक्षिण कोरियाको योनहाप न्यूज एजेन्सीले जनाएको छ । अमेरिकाले आफूले त्यहाँको अवस्था अनुगमन गरिरहेको र दक्षिण कोरिया र जापानसँग परामर्श गरिरहेको जनाएको छ ।

उत्तर कोरियाले अमेरिका र दक्षिण कोरियाको संयुक्त सैन्य अभ्यासलाई लिएर आक्रोश व्यक्त गर्दै आइरहेको छ । गएको शुक्रबार उत्तर कोरियाले दुई मिसाइल सी अफ जापान (पूर्वी समुद्र)मा हानेको थियो । सो मिसाइल करिब २२० किमी टाढा गएको जनाइएको थियो । त्यसअघि गएको बुधबार पनि उत्तर कोरियाले मिसाइल प्रक्षेपण गरेका थियो ।

गएको २५ जुलाईका दिन प्रक्षेपण गरेको पहिलो मिसाइल ६९० किमीको दूरीसम्म जाने खालको थियो ।

Advertisement

Advertisement

Advertisement