काठमाडौं । नेपालमा राजनीति गर्ने नेताहरू चाहिने भन्दा धेरै संख्यामा भए, जसको काम कसरी मन्त्री पद पड्काउने भन्ने रहदै देखिदै आएको छ। विदेशमा हरेक क्षेत्रमा प्रतिष्ठित, हरेक विषयका भिजनरी, विज्ञ नेताहरू हुने गरे पनि मैले आजसम्म नेपालमा यी क्षेत्रका प्रतिष्ठित नेता को होलान् चिन्न पाएको छैन ।
१) प्रभावकारी प्रशासन क्षेत्र
२) सुशासन क्षेत्र
३) प्रहरी प्रशासन क्षेत्र
४) बिज्ञान क्षेत्र
५) प्रविधि क्षेत्र
६) ईन्जिनियरिंग क्षेत्र
७) पर्यावरण क्षेत्र
८) खानेपानी र सरसफाई क्षेत्र
९) यातायात पूर्वाधार क्षेत्र
१०) परराष्ट्र परिचालन क्षेत्र
११) कृषि र वन क्षेत्र
१२) पर्यटन क्षेत्र
१३) प्राकृतिक श्रोत क्षेत्र
१४) वित्तिय क्षेत्र
१५) उद्योग र व्यापार क्षेत्र
१५) उर्जा क्षेत्र
१६) रिसर्च र विकास क्षेत्र
१७) रक्षा क्षेत्र
१८) निर्यात रणनीति क्षेत्र
१९) रोजगार क्षेत्र
२०) आध्यात्मिक एवं सामाजिक सदभाव क्षेत्र
२१) युवा परिचालन र क्षमता विकास क्षेत्र
माथिका सवै क्षेत्रमा आफै जान्ने पल्टने राजनीतिक नेताहरूनै भएकाले अरू नेपालका विषयका ज्ञाता नेताहरू दूला पसेका हुनन्। नेताहरू नै सर्वज्ञानी छन्, पढ्दै नपढी सर्बोच्च पदमा पुगेका छन्, पीएचडीहरूका माला पहिरिएका छन् भने यहॉ केका लागि, कुन पदका लागि घूडा धसेर दिमाग खियाएर मूर्ख बन्नु त भनेर सोचेर त्यसो गरिरहेका होलान् कि ?
कहिले काही गम्न मन लाग्छ, नेपालको सरकारले देश बिकासमा खास के गर्न सक्छ हँ ?
१) ढल व्यवस्थापन ?
२) खानेपानी व्यवस्था ?
३) फोहरमैला व्यवस्थापन ?
४) ट्राफिक व्यवस्थापन ?
५) बाढी, पहिरो र डुबान नियन्त्रण ?
६) दिसा व्यवस्थापन ?
७) भ्रष्टाचार उन्मूलन ?
८) सिन्डिकेशन र कार्टेलिंग निवारण ?
९) बलात्कार , हत्या र मानवतस्करी नियन्त्रण ?
१०) प्रशासन, पुलिस, विकास र न्याय प्रशासनमा सुशासन ?
११) बेरोजगारी निर्मूलन वा रोजगारी सिर्जना ?
१२) सडक तथा एयरपोर्ट वा यातायात पूर्वाधारको तीब्र विकास ?
१३) पर्यावरण व्यवस्थापन ?
१४) शान्ति सुरक्षा र अमनचयन ?
१५) उद्योगधन्दाको विकास र निर्यातयोग्य वस्तु उत्पादन ?
१६) व्यापार शिक्षा स्वास्थ्य बैदेशिक रोजगार व्यावसायमा माफिया निर्मुलन ?
१७) सरकारी कर्मचारीमा सदाचार विकास र तिनको प्रभावकारिता र क्षमता सुदृढिकरण ?
१८) सडक मर्मत र सुरक्षा व्यवस्थापन ?
१९) आध्यात्मिक जागरण र नैतिकताको सामाजिक सद्भाव र सहिष्णूता अभिबृद्धिकरण ?
२०) आधुनिक प्रविधि र आईटीको विस्तारिकरण ?
माथिका केही यी ईश्यूहरू कसरी कुन योजना कार्यक्रम बजेट जनशक्ति र विज्ञताका भरमा समाधान हुने होलान् ?