काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट डेढ किलो सुनसहित तीन नेपाली पक्राउ परेका छन्।
कतारबाट हिमालय एयरलाइन्समार्फत काठमाडौं आएका तनहुँका होमबहादुर गुरुङ डेढ किलो सुनसहित पक्राउ परेका हुन्। गुरुङले मसला पिँध्ने ओखलमा लुकाएर डेढ किलो सुन ल्याएका अवस्थामा पक्राउ गरिएको विमानस्थल प्रहरीले नेपाल लाइभलाई जानकारी दिए।
उक्त सुन लिन विमानस्थल पुगेका मोरङ पथरीका अनिल लुइँटेल र भोजराज घिमिरे पनि पक्राउ परेका छन्। उनीहरुलाई कारबाहीका लागि सुनसहित राजस्व अनुसन्धान विभाग पठाइएको छ।