प्राइम बैंकले कन्काईलाई प्राप्त गरी आइतबारदेखि एकीकृत कारोबार शुरु गर्ने

Advertisement

काठमाडौं । प्राइम कमर्शियल बैंकले भदौ २९ गते आइतबारदेखि कन्काई विकास बैंकलाई प्राप्ति गरी एकिकृत कारोबार सुरु हुने भएको छ । प्राइमले कन्काईलाई कन्काई विकास बैंकको १०० कित्ता शेयर हुनेले प्राइम बैंकको ७१.५ कित्ता सेयर पाउने गरी गाभेको हो ।

गत साउन २२ गते विशेष साधारण सभाबाट प्राइम कमर्शियल बैंक र कन्काई विकास बैंकले मर्जर तथा प्राप्ति (एक्विजिशन) सम्बन्धि विशेष प्रस्ताव पारित गराएका थिए।

यसैगरि प्राप्ती प्रकृयामा जानका लागि भदौ २८ गते शनिबार कन्काई विकास बैंकले प्रदान गर्दै आएको सम्पूर्ण बैंकिङ सेवा बन्द रहने बताइएको छ ।

हाल प्राइम बैंकको चुक्ता पूँजी ९ अर्ब ३१ करोड ८६ लाख २६ हजार रुपियाँ छ भने कन्काई विकास बैंकको ५१ करोड ५० लाख रुपियाँ छ । कन्काई विकास बैंकको प्राप्ति पश्चात प्राइमको चुक्ता पूँजी ९ अर्ब ६८ करोड ६८ लाख ५१ हजार रुपियाँ पुग्नेछ । यस्तै बैंकको शाखा सञ्जाल ८९ पुग्नेछ ।

Advertisement

Advertisement

Advertisement