६ वटा बीमा कम्पनीले राखे कल इन एडभान्समा पैसा, गुराँसले भ्याएन

Advertisement

काठमाडौं । पुँजी पुर्याउन नसक्ने ६ वटा बीमा कम्पनीहरुले कल इन एडभान्समा पैसा राखेका छन् । बीमा समितिले साउन पहिलो हप्ता दिएको निर्देशन अनुसार बीमा कम्पनीहरुले पुँजी वृद्धिका लागि पेश गरेको योजना अनुसारको रकम कल इन एडभान्समा राखेका हुन् ।
त्यसरी कल इन एडभान्समा पैसा राख्ने कम्पनीहरुमा  जीवन बीमा तर्फ सुर्या लाइफ र प्राइम लाइफ छन भने निर्जीबन बीमा तर्फ युनाइटेड, लुम्बिनी, प्रुडेसिन्यसल र एनएलजी इन्स्योरेन्स रहेका छन् ।

गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले भने अझैसम्म कल इन एडभान्समा पैसा नराखेको बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईले बताए । ‘६ वटा कम्पनीका लगानीकर्ताले कल इन एडभान्समा पैसा राखेका छन्, गुराँसको अध्यक्ष विदेशमा रहेकाले पैसा राखेको जानकारी आएका छैन, नेपाल फर्किए लगत्तै राख्ने जानकारी गराएका छन’, समितिका अध्यक्ष चापागाईँले कर्पाेरेट नेपालसँग भने ।

अधिकांश कम्पनीहरुले बोनस र हकप्रद सेयर मार्फत पुँजी पुर्याउने योजना समितिमा पेश गरेका थिए । समितिले त्यस्तो रकम कल इन एडभान्समा राख्न निर्देशन दिएको थियो । त्यसरी कल इन एडभान्समा राखिएको पैसा कम्पनीको जगेडा कोषमा देखाउनुपर्नेछ ।

Advertisement

Advertisement

Advertisement