सनराइज बैंकको बाल मन्दिरलाई राहत सामाग्री वितरण कार्यक्रम

Advertisement

काठमाडौं । सनराइज बैंकले आफ्नो १२औं वार्षिकोत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बाल मन्दिरमा सहयोग सामाग्री वितरण कार्यक्रम आयोजना गरेको छ ।

सो कार्यक्रममा बैंकका संचालक समितिका सदस्यहरु बच्छराज तातेड, दीपक नेपाल तथा शारदा शर्मा पुडासैनी, र बैंकका प्रमुख कार्यकारी अधिकृत जनकशर्मा पौड्याल लगायत अन्य पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

उक्त कार्यक्रममा बैंकले बालबालिकाको लागी राशन सामाग्री तथा जाडो महिनाको लुगा करिब १ लाख पचास हजार बराबरको सामाग्री वितरण गरिएको हो ।

Advertisement

Advertisement

Advertisement