अझै घटेन सुनचाँदीको मूल्य, स्थिरता कायमै

gold-trafficking-tia

काठमाडौं । साताको छैटौँ दिन आज शुक्रबार सुनचाँदीको मूल्य स्थिर रहेको छ । नेपल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत बिहीबार ७० हजार नौ सय रुपियाँमा कारोबार भइरहेको छापावाला सुनको मुल्य आज स्थिर शहेर प्रतितोला ७० हजार नौ सय रुपियाँ नै कायम भएको हो ।

आज महासंघले तेजाबी सुन प्रतितोला ७० हजार छ सय रुपियाँ कायम गरेको छ । त्यस्तै, महासंघले प्रति १० ग्राम छापावाला सुनको मूल्य ६० हजार ७८५ रुपियाँ कायम गरेको छ भने प्रति १० ग्राम तेजावी सुनको मूल्य ६० हजार ५३० रुपियाँ कायम गरेको छ ।

त्यस्तै, चाँदीको मूल्य ८५० रुपियाँमा कारोबार भएको छ । महासंघले आज प्रति १० ग्राम चाँदीको मूल्य ७२९ रुपियाँ कायम गरेको छ ।