बलात्कार प्रकरणमा मुछिएका महरा अस्पताल भर्ना, मुटु र स्वासप्रस्वासमा समस्या

Advertisement

काठमाडौं । बलात्कार प्रकरणमा मुछिएर पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महरा बिरामी भएपछि अस्पताल भर्ना भएका छन् । उनलाई बिहीबार थापाथलीस्थित नर्भिक अस्पताल भर्ना गरिएको छ ।

महराको मुटु र स्वासप्रस्वासमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको हो । महानगरीय प्रहरी परिसरका प्रवक्ता डीएसपी होबिन्द्र बोगटीका अनुसार उनलाई नियमित नियमित स्वास्थ्य परिक्षणका लागि अस्पताल पुर्याइएपछि चिकित्सकहरुले अस्पताल नै भर्ना गर्नुपर्ने बताएपछि भर्ना गरिएको हो ।

महराको पक्राउ परेको दिन उनलाई स्वासप्रश्वासमा समस्या देखिएपछि अक्सिजन दिएर स्वास्थ्य परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल पुर्याइएको थियो । संसद सचिवालयमा कार्यरत महिला कर्मचारी रोशनी शाहीलाई उनी बस्दै आएको कोटेश्वरस्थित डेरामा पुगेर महराले बलात्कारको प्रयास गरेको महराविरुद्ध परेको किटानी जाहेरीमा उल्लेख छ । महरा गत आइतबार सभामुख निवासबाट पक्राउ परेका हुन् ।

Advertisement

Advertisement

Advertisement